
अचानक मृत्युको चार कारण
कहिले काहीँ तन्दुरुस्त देखिने मान्छेको पनि अचानक मृत्यु हुनसक्छ । किन यस्तो हुन्छ ? अप्रत्यासित मृत्यु हुने कारण एउटा मात्र होइन, मूलत चार कारण छन् ।

कार्डियाक एरिथमिया
मुटुको धड्कनको कम्पन अचानक अनियमित हुनु कार्डियाक एरिथमिया हो । यो विना कुनै अग्रिम संकेत पनि हुनसक्छ ।

किन हुन्छ कार्डियाक एरिथमिया ?
धेरै रक्सी वा कफी पिउने, धुम्रपान गर्ने, तनाव वा चिन्ता लिने, धेरै खाने, कडा व्यायाम गर्ने र तापक्रममा तीव्र उतारचढ़ाव जस्ता कारणले कार्डियाक एरिथमिया हुनसक्छ ।

हृदयघात
सामान्यतया हृदयघात हुनुलाई चिकित्सकीय भाषमा मायोकार्डियल इन्फार्कसन पनि भनिन्छ । यो तब हुन्छ जब कोलेस्टेरोल, क्याल्सियम, बोसो र रगत जम्न गई कोरोनरी धमनीहरूमा साँघुरिन्छ ।

पल्मोनरी एम्बोलिज्म
पल्मोनरी एम्बोलिज्म एक गम्भीर अवस्था हो, जसमा जमेको रगत फोक्सोमा पुग्छ र पल्मोनरी धमनीहरूमा अवरोध गर्छ । यो अवरोधले फोक्सोमा रगत प्रवाहलाई रोक्छ, जसले अचानक मृत्यु निम्त्याउँछ ।