
मुटु स्वास्थ्यमा सुधार
नियमित व्यायामले तौल नियन्त्रण गर्छ । तौल नियन्त्रण हुँदा कोलेस्टेरोल, सुगर र प्रेसर बढ्ने सम्भावना हुँदैन । तौल, कोलेस्टेरोल, सुगर र प्रेसर नियन्त्रण भएमा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।

फोक्सोको क्षमता बढ्छ
व्यायाम गर्दा हाम्रो शरीरलाई अक्सिजन बढी चाहिन्छ । जसका लागि हाम्रो फोक्सोले बढी काम गर्नुपर्छ, जसले गर्दा फोक्सोको क्षमता बढ्छ ।

हड्डीलाई बलियो र मजबुत बनाउँछ
जति धेरै शारीरिक व्यायाम गर्यो, हड्डी उति नै चलायमान हुने र हड्डीलाई जोड्ने जोर्नीमा हुने घर्षण कम गराउने रसिलो पदार्थको उत्पादन पनि राम्रो हुन्छ । यसले समग्रमा हड्डी र जोर्नीलाई मजबुत प्रदान गर्छ ।

मिर्गौला स्वस्थ राख्छ
व्यायाम गर्दा मुटुको धड्कन पनि तीव्र गतिमा काम गरी मिर्गौलालाई स्वस्थ राख्छ। रगतमा रहेको बोसो, कोलेस्टेरोल र ट्राइग्लाइसेराइड्सलाई घटाउन पनि मद्दत गर्छ, जसले मिर्गौलालाई स्वस्थ राख्न मद्दत गर्छ ।

तनाव कम गर्छ
व्यायाम गर्दा मस्तिष्क कोषिकाहरु अधिक उत्पादन हुन्छ । व्यायामबाट प्राप्त हुने ऊर्जाको कारण ध्यान केन्द्रित गर्न मद्दत मिल्छ । नियमित व्यायाम गर्दा यसले तनाव र उदासीसँग लड्ने एन्डोर्फिन हर्मोन निष्कासन गर्छ ।