
कलेजोलाई भार
जब हामी रक्सी पिउँछौं त्यो खाद्यनली हुँदै आमाशय (पेट) मा सोसिएर कलेजोमा पुग्छ । रक्सीमा भएको विषाक्त पदार्थ पनि शरीरको अन्य भागमा नजाओस् भनेर कलेजोले त्यसलाई छान्छ ।

रक्सी पचाउन कति गाह्रो
कलेजोमा रहेको ‘अल्कोहल डिहाइड्रोजिनेज’ इन्जाइमले रक्सीलाई मेटाबोलाइज गर्छ । मोटाबोलाइज भनेको पचाउने प्रक्रिया हो ।

कलेजोको कोषहरु बिगार्न थाल्छ
रक्सीलाई मेटाबोलाइज गर्ने क्रममा यसमा भएको ‘एसिटल्डिहाइड’ भन्ने रसायनलाई टुक्राएर एसिटेट नामक रसायनमा बदलिदिन्छ । तर ‘एसिटल्डिहाइड’ को मात्रा धेरै भयो भने त्यसले कलेजोको कोषहरूलाई बिगार्न थाल्छ ।

प्यान्क्रियाजलाई पनि हानि
रक्सीलाई मेटाबोलाइज गर्ने क्रममा प्यान्क्रियाजको पनि भूमिका हुन्छ । यस्तोमा रक्सीमा भएको रसायनले प्यान्क्रियाजको कोषहरूलाई पनि हानि गर्छ ।

पाचन प्रणालीमा समस्या
सानो आन्द्रा र सम्पूर्ण पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ । त्यसैगरी रक्सी पिएपछि त्यसले स्नायु प्रणाली र खासगरी मस्तिष्कलाई असर गर्छ ।

ज्यानै जान सक्छ
रक्सीले रगतमा चिनीको मात्र एकदम घट्ने वा बढ्ने, शरीरको तापक्रम एकदम घट्ने एवं कुनै कुनै बेला अत्यधिक मातेकै अवस्थामा व्यक्तिको ज्यानै जान सक्छ ।

लिभर सिरोसिस हुन्छ
लगातार धेरै मात्रामा रक्सी पिउने व्यक्तिहरूको कलेजो सुक्न थाल्छ र लिभर सिरोसिस हुन्छ । लिभर सिरोसिस हुने मुख्य कारण रक्सी नै हो ।