+

निदाएको बेला के हुन्छ ?

जब कोठाको बत्ती निभाएर आँखा बन्द गरेर सुत्छौं, तब हाम्रो मस्तिष्कबाट अल्फा किरण निस्कन्छन्, जसले हामीलाई निद्रामा पुर्‍याउँछ । त्यसपछि  हामी चेत हुँदै अर्धचेतन अवस्थामा पुग्छौं ।

किन हामी अचेत झैं हुन्छौं ?

निद्राको ४ देखि ६ चक्र हुन्छ । ती चक्रको प्रक्रिया चल्ने क्रममा मस्तिष्क, मुटु जस्ता अंगहरु सुस्त गतिमा चलिरहेको हुन्छ ।अंगहरु सुस्त हुने कारण हामी अचेत जस्तै हुन्छौं ।

Advertisement

त्यसो भए रातमै कसरी निद्रा लाग्छ ?

जब सूर्यास्त हुन्छ, मस्तिष्कमा मेलाटोनिन नामक स्वस्थ हर्मोन निस्कन थाल्छ । सो हर्मोन अँध्यारो कोठामा राति मात्र उत्पन्न हुन्छ । जसकारण रातको समयमा नै हामीलाई निद्रा लाग्छ ।

बिहान सूर्योदयको उज्यालोसँगै मेलाटोनिन रसायनले असर देखाउन बन्द गर्छ। र, सेरोटोनिन निस्कन थाल्छ । जसले हाम्रो निद्रा खुल्छ ।

निदाएको बेलामा पाचन प्रणालीले के काम गर्छ ?

यो समयमा हामीले खाइएको खानाबाट बनेको ग्लुकोज तथा प्रोटिनको सदुपयोग गरी पाचन तन्तु मर्मत हुने र विकास हुने काम हुन्छ । ताकि अर्को दिन पाचनको लागि ऊर्जाशील रहोस् ।

रोग निको पार्ने हर्मोन निस्कन्छ

निद्रा गहिरो हुँदा मांसपेशीमा रक्त प्रवाह बढ्न गइ  विभिन्न ग्रन्थीबाट हर्मोन निस्केर रगतको माध्यमबाट प्रोटिनसँगै अक्सिजन र पोषक तत्व पनि बोक्ने भएकाले मांसपेशीमा भएको दुखाइ, चोट र सुन्निएको निको पार्छ ।