
पौष्टिक तत्वका अभाव
अत्यधिक मात्रामा चकलेट पेटलाई टन्न पारिदिन्छ । चकलेटबाहेक अन्य खानेकुरा खानै मन नलाग्ने गराउँछ। फलस्वरूप पौष्टिक तत्वको कमी भै कमजोर हुँदै जान्छन् ।

मोटोपन
चकलेटमा पाइने चिनीले शरीरमा चिनीको स्तर बढाइ मोटोपन गराउन सक्छ । अझ मोटोपन भएका बालबालिकामा मधुमेह गराउन पनि चकलेट कारकको रुपमा देखा पर्न सक्छ ।

बेचैन गराउँछ
चकलेटमा हुने चिनी, थियोब्रोमाइन र फेनिलेथिलामाइन जस्ता अन्य धेरै उत्तेजक तत्वले स्नायु प्रणालीलाई हानि पुर्याउँछ । वयस्कले जति क्याफिनको भार बालबालिकाले सहन सक्दैनन् । यसले बच्चालाई धेरै बेचैन महसुस गराउन सक्ने, पेट दुखाउने समस्या गराउँछ ।

दाँतमा असर
चकलेट धेरै खानु दाँतको लागि अति हानिकारक हुन्छ । किनकि चकलेटमा हुने चिनी दाँतमा अड्किने र टाँसिने गर्छ । बच्चाहरुमा कुल्ला गर्ने ज्ञान हुँदैन, जसले अड्किएको चकलेटमा जीवाणु फैलिएर एसिड उत्पादन गरी किरा लाग्ने र इनामेल पनि उमेर भन्दा छिटो जान सक्ने सक्छ ।