
एमआरआई कस्तो मेडिकल उपकरण हो ?
एमआरआई भनेको चुम्बकीय शक्ति प्रयोग गरेर कम्प्युटरको सहायताले शरीरभित्रको अवस्थालाई जस्ताको त्यस्तै तस्वीरमा खिचेर देखाउने मेडिकल उपकरण हो ।
Advertisement

कस्तो अवस्थामा प्रयोग हुन्छ ?
शरीरको टाउकोदेखि पैतालासम्मको भागको समस्याको पहिचान गर्न र उपचारमा निगरानी एमआरआईको प्रयोग हुन्छ ।

एमआरआई गर्नुअघि
एमआरआई एक ओपीडी प्रक्रिया हो । त्यसैले हतार गर्न आवश्यक हुँदैन । परीक्षण सुरु गर्नुअघि पहिला नै सबै निर्देशन दिइन्छ ।

कति लामो प्रक्रिया हुन्छ ?
यो प्रक्रिया समस्या अनुसारको समय लाग्न सक्छ । न्यूनतम १५ मिनेटदेखि अधिकतम ५० मिनेटसम्म लामो प्रक्रिया पनि लाग्न सक्छ ।

कसरी काम गर्छ ?
मानव शरीरको अधिकांश भाग पानीले बनेको हुन्छ । शरीरभित्र रहेको यही पानी, चुम्बक, रेडियोवेभ, ग्रेडियन्टबीच प्रतिक्रिया गरेर एमआरआईले काम गर्छ ।