+

गोलभेँडा खाने सहि तरिका

गोलभेँडामा कयौं जरुरी भिटामिन सी, फोलेट एसिड र अन्य भिटामिन जस्ता पोषक तत्व हुन्छ । जसले प्रतिरोध क्षमता बढाउँछ । छालाको चमक बढाउँछ ।

तौल नियन्त्रण

गोलभेँडा खानेहरुको तौल नियन्त्रण हुनसक्छ । जसमा फाइबर अत्याधिक र क्यालोरी निकै कम हुन्छ । जसले पेट भरिन्छ । तौल पनि बढ्दैन ।

Advertisement

छालामा चमक

गोलभेँडा नियमित खाँदा छालामा चमक र चाहुरीपना कम हुँन्छ । काँचो गोलभेडा छालामा लगाउँदा छाला ताजा र सुन्दरतामा निखार आउँछ ।

गोलभेँडा हानि

गोलभेँडा काँचो खानु फाइदाजनक हो । तर, आजभोली यसमा विषादीको प्रयोग बढी हुने हुँदा राम्रोसँग पकाएर मात्र खानु ठिक हुन्छ । यसमा बढी एसिडिक तत्व हुने हुँदा बढी खाँदा पाचनमा समस्या हुन्छ ।

सलाद खाँदा सावधान

सलादको रुपमा खाँदा यसको बिँया झिक्नुपर्छ । किनकी, एसिडिक तत्व यसमै हुन्छ । जसले पेट पोल्ने समस्या गराउँछ ।

एलर्जीको समस्या

यो फल खाँदा एलर्जी हुन्छ भने नखाएकै बेस हुन्छ । एलर्जी हुँदा छालामा रातो डाबर आउने र चिलाउने हुनसक्छ ।

गर्मी गराउँछ

यसको सेवन बढी गर्दा शरीरमा तापमान बढेर गर्मी हुने र पेट पोल्ने समस्या हुनसक्छ । त्यसैले, सन्तुलित मात्रामा खानु उचित हुन्छ ।