
एक्स-रे एक इमेजिङ परीक्षण हो । जसले हड्डी र त्यससँग जोडिएको अन्य अंगको तस्वीर बनाउँछ । तस्वीरबाट चिकित्सकले उपचार गर्ने र कस्तो उपचार लाग्छ त्यसबारे योजना बनाउँछन् ।

एक्स-रे किन गर्ने ?
भाँचिएको हड्डी, दुखाइ र सुन्निएको लक्षणको कारण पत्ता लगाउन, शरीरमा अन्य बाह्य वस्तुको पहिचान गर्न, हड्डी, जोर्नी वा जोर्नीसँग टाँसिएको नरम मासुको संरचनात्मक समस्यालाई पत्ता लगाउन र, क्यान्सर र अन्य रोगको लागि पनि नियमित परीक्षँण आवश्यक हुनसक्छ ।

एक्स–रेले कसरी काम गर्छ ?
एक्स-रे विकिरणको अदृश्य प्रकाश शरीरभित्र पठाएर त्यसमा बिम शरीरभित्रबाट पास गराई त्यस नजिक भएको एक्स-रे डिटेक्टरमा तस्वीर बन्छ । शरीरमा किरण पास हुँदै गर्दा हड्डी, कोष, तन्तु र अन्य संरचनाले सो विकिरणलाई अवशोषित गरेर एक्स-रेमा खैरो रंग देखिन्छ ।

एक्स–रेको लागि कसरी तयारी हुने ?
सामान्यतया हड्डीको एक्स–रेको लागि तयारी गर्न केही विशेष तयारी आवश्यक हुँदैन । अन्य प्रकारका एक्स–रेहरूको लागि परीक्षकले केही तयारी गर्न र्निदेशन दिन सक्छन् । धातुका वस्तु र श्रवण यन्त्रहरू पनि प्रयोग गर्न मिल्दैन ।

एक्स–रेको जोखिम
यदि गर्भवती हुने सम्भावना छ भने एक्स-रे गर्नुपूर्व चिकित्सकलाई भन्नुपर्ने हुनसक्छ । किनकि, एक्स-रेबाट आउने विकिरणले भ्रूणलाई नोक्सान पुग्न सक्छ । गर्भवती भएमा कम हानि गर्ने एमआरआई वा अल्ट्रासाउन्ड गर्न चिकित्सकले सुझाउँछन् ।

एक्स–रेको नतिजा कहिले पाइन्छ ?
हड्डी एक्स–रे परिणामहरू सामान्यतया तुरुन्तै तयार हुन्छन् । एक्स–रेपछि नतिजाबारे चिकित्सकले परामर्श दिनेछन् । त्यसबाहेकको एक्स-रेको परीक्षणको नतिजा आउन धेरै समय लाग्न सक्छ ।