
‘कृ’ बाट डेब्यु
रोमान्टिक एक्सन ड्रामा फिल्म ‘कृ’ बाट डेब्यु गरेकी थिइन्, अदिती बुढाथोकीले । सुरेन्द्र पौडेल निर्देशित यो फिल्मबाट उनले राम्रै चर्चा कमाइन् ।

अनमोलसँग अनस्क्रिन रोमान्स
उक्त फिल्ममा उनले अभिनेतासँग अनमोल केसीसँग स्क्रिन शेयर गरेकी थिइन् । अनमोल र अदितीको केमेस्ट्री गजब मिल्ने र त्यसपछिका फिल्महरुमा पनि उनीहरु एकासथ देखिने अनुमान गरिएको थियो ।

अनमोल होइन दुई धीरजसँग स्क्रिन शेयर
यद्यपि त्यसपछि उनले अनमोल होइन धीरज मगर र धीरज टोट्लानीसँग स्क्रिन शेयर गरिन्, फिल्म ‘बाबरी’मा । भनिहालौं, धीरज टोट्लानी कुनैबेलाकी चर्चित अभिनेत्री तृप्ती नाडकरका छोरा हुन् ।

बक्स अफिसमा कमजोर
नेपाली सिनेमाका लागि सम्भावना मानिएका यी तीन अनुहारले दर्शकलाई भने उति आकर्षित गर्न सकेनन् । फिल्म ‘बाबरी’ले बक्स अफिसमा कमजोर ठहरियो ।

नेपाली फिल्मसँग दूरी
यतिबेला नेपाली सिनेवृत्तमा उनको खासै चर्चा–परिचर्चा छैन । भनिन्छ, उनी मुम्बइमा बसेर म्युजिक भिडियो र वेब सिरिजलगायतमा अभिनय गरिरहेकी छिन् ।

म्युजिक भिडियोदेखि मोडलिङसम्म
अदिती अहिले म्युजिक भिडियो, मोडलिङदेखि ब्राण्ड इन्डोर्सहरुमा सक्रिय छिन् । उनी अमेजन प्राइमको संगीतसम्बन्धी वेब सिरिजमा पनि काम गरिरहेको बताइन्छ ।

इन्स्टाग्राममा सक्रिय
इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुने नेपाली सेलिब्रेटीको पंक्तिमा छिन्, अदिती । इन्टाग्राममा उनलाई २८ लाख बढीले पछ्याएका छन् ।