
सौन्दर्य र आकर्षण
हाई हिलले खुट्टालाई सुन्दर र आकर्षक देखाउँछ । यसले शरीरको पोज लाई सुधारेर हिँडाइमा एक प्रकारको लचकता र सुन्दरता थप्छ ।

उचाइ बढाउन
हाई हिलले व्यक्तिको उचाइ बढाउँछ, जसले आत्मविश्वासमा वृद्धि गर्छ । विशेषगरी छोटो कद भएका व्यक्तिहरूले हाई हिल रुचाउँछन् ।

फेसन र स्टाइल
हाई हिल फेसनको प्रतीक मानिन्छ । पार्टी, विवाह, औपचारिक कार्यक्रम वा कार्यालयमा हाई हिलले पहिरनलाई थप आकर्षक बनाउँछ ।

आत्मविश्वास
हाई हिल लगाउँदा व्यक्तिको हिँडाइ र प्रस्तुतिमा आत्मविश्वास झल्किन्छ। यसले व्यक्तित्वमा निखार ल्याउँछ ।

सामाजिक प्रभाव
कतिपय अवस्थामा हाई हिल लगाउनु सामाजिक हैसियत र स्टाइलको प्रतीक मानिन्छ । विशेषगरी पश्चिमी संस्कृतिमा यो प्रचलन धेरै छ ।

हाई हिल लगाउँदा के कुरामा ध्यान दिने ?
हाई हिलमा हिँड्दा सिधा उभिने, काँधलाई पछाडि राख्ने र साना– साना कदम चाल्नुपर्छ । लामो समय लगाउँदा खुट्टा, ढाड र घुँडामा दुखाइ हुन सक्छ । सम्भव भएसम्म बीच–बीचमा फ्ल्याट जुत्ता लगाएर खुट्टालाई आराम दिनुपर्छ ।