
गुलियो मिश्रीले स्वाद मात्र होइन, स्वास्थ्यलाई फाइदा पनि गर्छ । जसको उपयोग आयुर्वेदको औषधिमा गरिन्छ। यसका फाइदा के छन् त ?

आँखाको ज्योति बढाउँछ
आयुर्वेदका अनुसार सूप, बदाम र मिश्रीको धुलो खाएमा आँखाको ज्योति तेज हुन्छ । आँखालाई थकान पनि हुन दिदैंन ।
Advertisement

औषधिले छिटो काम गर्छ
कुनै औषधि खाए पछि मिश्री पानी खाने हो भने औषधिले छिटो काम गर्न गर्छ । किनकि यो शरीरले छिटो सोस्छ । जसले औषधिको शक्ति पनि बढाउँछ ।

घांटीको समस्या हट्छ
मिश्री, मरिच र घ्यू मिसाएर खाने हो भने घांटी सुन्निएको, खसखस र दुखाईबाट राहत मिल्छ । यो उपाय प्राय गीत गाइरहनु पर्ने पेसा गायकको प्रिय हो ।

तनाव कम गर्छ
थोरै मात्रा मिश्री खाँदा माइन्ड शान्त हुन्छ । तनाव भैरहेको अवस्थामा खाने हो भने खुसीको हर्मोन बढाउन मद्दत गर्छ । जसले तनाव काम गर्छ ।