+

हवाईयात्रा गर्दा किन कान दुख्छ ?

कान दुखेको र कान डम्म भएको महसुस

विमानमा यात्रा गरिरहँदा प्राय: यात्रुले कान दुखेको र कान डम्म भएको महसुस गर्छन् ।

हावाको चाप परिवर्तन हुँदा कान दुख्ने

हावाको चाप एकनास हुँदैन । हावाको चाप तुरुन्त परिवर्तन कानले त्यसको सन्तुलन मिलाउन सक्दैन र कान दुख्छ ।

Advertisement

मध्य कानमा हुने हावाको चाप

कानमा तीनवटा भाग हुन्छ । बाहिरी, मध्य र भित्री । मध्य कानमा हुने हावाको चापलाई रोक्न त्यससँगै घाँटीसँग जोडिएको युस्टाचियन नलीले काम गर्छ ।

कानको जाली तन्किन्छ

जब जहाज माथि पुग्छ र ओर्लन खोज्छ तब चाप सो नलीले लिन सकेन भने कानको जाली तन्किन्छ । जसकारण कान दुख्छ र डम्म हुन्छ ।