+

प्रेम सप्ताहमा किन दिने टेडी बियर ?

आज प्रणय सप्ताहको चौथो दिन प्रेमप्रेमिकालाई टेडी बियर उपहार दिएर भावना साटासाट गर्ने गरिन्छ । यो उपहार बच्चा देखि वयस्कसम्मको पहिलो रोजाईमा पर्छ ।

टेडी बियरको इतिहास

प्रेम दिवसको कथा भ्यालेन्टाइन सप्ताहसँग सम्बन्धित छ। तर टेडी डेको उत्पत्तिको इतिहास भने थोरै फरक छ।

Advertisement

भनिन्छ, सन् १९०२ मा अमेरिकी राष्ट्रपति थियोडोर रुजवेल्ट शिकार गर्न गए। उनले भालु देखेर पनि मार्न सकेनन् । किनकि उनले भालुलाई देखेर करुणा जाग्यो । यो दयालु भावबाट प्ररित भएर क्लिफर्ड केनेडी बेरीम्यानले यो घटनालाई कार्टुनको रूपमा प्रस्तुत गरे ।

सो प्रस्तुति धेरै मन पराए। त्यसपछि मोरिस मिचटम नामका एक व्यापारीले यस कार्टुनबाट प्रेरित भएर टेडी बियरको आकृतिको खेलौना बनाए, जुन केही समयमै धेरै लोकप्रिय भयो। हाल विश्वबजारभर यसको माग छ ।

टेडी बियरको लोकप्रियता

संसारभर नै विभिन्न डिजाइन र रंगहरूमा टेडी बियरहरू बनाउन थालियो। आज बजारमा धेरै सुन्दर टेडी बियरहरू उपलब्ध छन्, जुन विशेष गरी उपहारको लागि बनाइएका हुन्छन्।

टेडी डे किन मनाइन्छ?

टेडी बियरलाई प्रेम, स्नेह र निर्दोषताको प्रतीक मानिन्छ। टेडी डे मनाउनुको उद्देश्य नै कसैप्रति आफ्नो कोमल भावना व्यक्त गर्नु र सम्बन्धमा न्यानोपन कायम राख्नु हो।

टेडी बियर उपहार किन दिने त ?

टेडी बियर केवल उपहार मात्र होइन, यसलाई हेर्दा वा अँगालो हाल्नुले सकारात्मक भावना पनि ल्याउँछ।

केहि अध्ययन अनुसार टेडी बियरलाई अँगालो हाल्दा शरीरमा अक्सिटोसिन (खुसीको हर्मोन) निस्कन्छ, जसले तनाव कम गर्ने, खुसी र आराम पनि दिन्छ।

टेडी बियर केवल एउटा खेलौना मात्र होइन, यसको रंगले विभिन्न भावनाहरूको प्रतीक पनि हो।

रातो टेडी

यो प्रेम र आकर्षणको प्रतीक हो। जोडीहरूले प्रायः आफ्नो प्रेम व्यक्त गर्न आफ्नो पार्टनरलाई रातो टेडी उपहार दिन्छन्।

पहेंलो टेडी

यो मित्रताको प्रतीक हो। यदि मनले खाएको व्यक्तिसँग नयाँ सम्बन्ध सुरु गर्न चाहनुहुन्छ भने, पहेंलो टेडी उपहार दिनु राम्रो विकल्प हो।

खैरो टेडी

यो हेरचाह र विश्वासको प्रतीक हो। यदि कसैले तपाईंको धेरै ख्याल राख्छ वा गहिरो सम्बन्ध राख्छ भने, उसलाई खैरो टेडी उपहार दिनु भावना व्यक्त गर्ने एक राम्रो तरिका हो।

निलो टेडी

यसले साँचो प्रेम र वफादारीको प्रतिनिधित्व गर्छ। यदि कसैले तपाईंलाई नीलो टेडी उपहार दिन्छ भने यसको अर्थ ऊ सधैं तपाईंप्रति वफादार रहनेछ।

गुलाबी टेडी

यो रोमान्टिक भावना र स्नेहको प्रतीक हो। यदि तपाईं आफ्नो प्रेम व्यक्त गर्न चाहनुहुन्छ भने, गुलाबी टेडी सबैभन्दा राम्रो विकल्प हुन सक्छ।

सेतो टेडी

यो शुद्धता, निर्दोषता र शान्तिको प्रतीक हो। यो प्रायः ती व्यक्तिहरूले उपहार दिन्छन् जो पहिले नै सम्बन्धमा छन् र आफ्नो प्रेमलाई गहिरो बनाउन चाहन्छन्।

सुन्तला रंगको टेडी

यसले न्यानोपन र अगाडि बढ्ने दृढ संकल्पलाई प्रतिनिधित्व गर्छ। यदि कसैले तपाईंको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। र, तपाईंसँग भविष्यको योजना बनाइरहेको छ भने यो टेडी उत्तम उपहार हो।

टेडी डे केवल जोडीहरूको लागि मात्र होइन, आफ्ना साथीह, दाजुभाइ दिदीबहिनी वा नजिकका जो कोहीलाई टेडी बियर उपहार दिएर आफ्नो प्रेम र स्नेह व्यक्त गर्न सकिन्छ ।