+

सौन्दर्य र स्वास्थ्यका लागि उपयोगी क्याकटस

थोरै स्याहारले पनि सहजै हुर्किने र सदाबाहार भैरहेने बिरुवा हो, क्याकटस ।  मरुभूमीमा पाइने घ्युकुमारीको प्रजातिमा पर्ने सो वनस्पती अहिले प्रायको घर-बगैंचाको सजावटका लागि प्रयोग गरिन्छ ।    

क्याकटस थरीथरीका आकारप्रकारमा पाइन्छ । जसलाई बालकोनीमा राख्दा घरको शोभा नै बढाईदिन्छ ।

Advertisement

सुन्दर देखाउने मात्र होइन, यसले कार्वनडाईअक्साइडलाई अक्सिजनमा परिणत गर्न सक्छ । जसले बालकोनी मा हावा पनि तीव्र चल्छ ।

सौन्दर्यका लागि

क्याक्टसको जेलमा भिटामिन र मिनरल्स पाइन्छ । यसलाई पिसेर छालामा लगाउने गरेमा छाला सम्बन्धी कतिपय समस्या पनि हटाउन सकिन्छ ।

घरमा हुने हल्ला र स्वरलाई पनि क्याक्टसले ग्रहण गर्छ ।

क्याकटसमा हुने फाइबर, एन्टि अक्सिडेन्टले खाना पचाउनेदेखि मधुमेह नियन्त्रण गर्नेसम्ममको काम गर्छ । हृदय रोग, एनीमिया, मधुमेह जस्ता रोगमा समेत यो उपयोगी हुने बताइन्छ । तौल नियन्त्रणदेखि अनिद्राको समस्याबाट छुटकारा पाउनसमेत क्याकटसको प्रयोग गरिन्छ ।

कुनैपनि रोगको उपचार गरिहेका वा कुनै शारीरिक समस्या भएको अवस्थामा यसको प्रयोग गर्नुअघि चिकित्सकको परामर्श आवश्यक हुन्छ ।

क्याक्टस राख्दा भाग्यमा वृद्धि र सम्बृद्ध छाउने केही संस्कृतिमा मान्यता छ ।