+
+
Shares

सडकका रुखमा झुण्डियो ‘नागबेली’

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १२ गते १६:१२

nagbeli

नेपाली सिनेमाका निर्माताहरु आफ्नो चलचित्र प्रचारका लागि नयाँ नयाँ खुराक खोस्छन् । कसरी हुन्छ दर्शकलाई सिनेमाको बारेमा जानकारी गराउने र हलसम्म तान्ने उपायमा उनीहरु लागेका हुन्छन् । सिनेमा प्रचारका लागि भित्ते लेखन पुरानो भैसकेको छ । अब असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नागबेली’को निर्माण यूनिटले नयाँ उपाय खोजेको छ ।

चलचित्रको प्रचारका लागि सडक छेउका रुखहरु प्रयोग गरिएको छ । तपाई कतै यात्रा गर्दै हुनुहुन्छ भने राजमार्गमा ‘नागबेली’ लेखिएको साना-साना बोर्डहरु देख्न सक्नुहुनेछ ।

गोविन्द राइको निर्देशनमा तयार भएको यो चलचित्रले राष्ट्रियताको कथा बोल्छ । चलचित्रमा दयाहाङ राई, विक्की मल्ल, हषिर्का श्रेष्ठ, यशराज लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रलाई बेलायतमा बस्दै आएकी रोमियन लिम्बुले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?