९ भदौ, काठमाडौं । राष्ट्रिय विभूति युवक कवि मोतीराम भट्टको १४९ औं जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण औंसीका दिनमा जन्मेका मोतीरामको विसं १९५३ भाद्र कृष्ण औंसीकै दिनमा अल्पायुमै निधन भएको थियो । नेपाली साहित्यको श्रीवृद्धिमा युवाकवि मोतीरामको योगदान महत्वपूर्ण रहेको छ ।
आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका मोतीरामले नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।
नेपाली साहित्यमा शृङ्गार रसलाई उपयोग गरी साहित्यिक रचनामा योगदान पुर्याएका मोतीरामले नेपाली गजल साहित्यको श्रीवृद्धिमा समेत विशेष भूमिका खेलेका थिए ।
मोतीरामका गजल र ‘पिकदूत’ अनुवाद ग्रन्थ विशेष उल्लेखनीय साहित्यिक कृतिका रूपमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4