+
+
Shares

‘सरी ल’ को प्रचारमा राजनको यस्तो शरीर

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १६:१३

rajan khatiwada
कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरी ल’ को निर्माण यूनिटले तिहारको शुभकामना दिएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै  निर्माण यूनिटले पत्रकार तथा कलाकारलाई फूलमाला लगाउँदै शुभकामना दिएको हो ।

कार्यक्रममा चलचित्रका कलाकार राजन खतिवडाको गेटअप भिन्न खालको थियो । शरीरमा कालो र सेतो रंग पोतेर उनले ‘सरी ल’ लेखेका थिए । गायक शिव परियारले गीत गाउँदै गर्दा राजनले हलमा भिन्न रुपमा इन्ट्री गरेका थिए ।

ऋषी लामिछानेको निर्देशनमा बनेको यो सिनेमालाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । चलचित्रमा सुवास थापा, अनिता आचार्य, राजन खतिवडा लगायतका कलाकारको मुख्य भूमिका छ ।

कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयले देउँसी खेलेका थिए । त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमालाई दर्शकले मन पराउने विश्वास निर्देशक लामिछानेले गरे । चलचित्रलाई कृष्णबहादुर महर्जनले निर्माण गरेका हुन् । rajan and suabsh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?