मात्रिका पौडेल
१६ मंसिर, काठमाडौं । नेपालमा थप ६१ वटा नगरपालिका थपिएका छन् । यससँगै नगरपालिकाको संख्या १९१ पुगेको छ ।
मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले ६१ वटा नयाँ नगरपालिका थप्ने निर्यण गरेको स्थानीय विकास मन्त्रालय स्रोतले अनलाइनखबरलार्इ जनाएको छ । थपिएका नगरपालिकामा काठमाडौंमा ९ वटा छन् भने भक्तपुरमा ४ र ललितपुरमा तीन छन् ।
- ठूलोमा हेर्न तस्वीरमाथि क्लिक गर्नुस्
५ वटा अस्वीकृत
६६ नगरपालिका सिफारिस गरिएको मध्ये पाँच वटा अस्वीकृत भएका छन् । ललितपुरको बज्रबाराही, स्याङ्जाको गल्याङ, तनहुँको भिमाद रिसिङ र भानु तथा बर्दियाको बबै भने अस्वीकृत भएका छन् ।
सात उपमहानगरपालिका थप्ने तयारी
सरकारले सात उपमहानगरपालिका थप्ने तयारी गरेको छ । हाल ललितपुर, बिराटनगर, वीरगञ्ज र पोखरा गरी चार उपमहानगरपालिका छन् ।
स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बटाैली र नेपालगञ्जलार्इ उपमहानगरपालिका बनाउने तयारी छ ।
उपत्यकाका नगर केन्द्र कहाँ ?
अब महानगरपालिका सहित सबैभन्दा बढि नगरपालिका काठमाडौंमा भएका छन् । काठमाडौंमा नगरपालिकाको संख्या ११ पुगेको छ ।
काठमाडौंमा थपिएको गोकर्णेश्वर नगरपालिकाको केन्द्र जोरपाटी हुनेछ भने दक्षिणकाली नगरपालिकाका केन्द्र फर्पिङ हुनेछ ।
यो पनि पढ्नुस् : बूढानीलकण्ठमा बढी जनसंख्या, देउमाईमा देशकै सानो नगरपालिका
त्यस्तै तारकेश्वर नगरपालिकाको केन्द्र धर्मस्थली हुनेछ भने शंकरापूर नगरपालिकाको केन्द्र पुकुलाछी हुनेछ । त्यस्तै चन्द्रागिरीको केन्द्र बलम्बु र कागेश्वर मनोहराको केन्द्र डाँछी हुने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै टोखा नगरपालिकाको केन्द्र ग्रिनल्याण्ड हुनेछ भने नागार्जुन नगरपालिकाको सीतापाइला र बुढानिलकण्ठ नगरपालिकाको केन्द्र महांकाल हुनेछ ।
ललितपुरमा छ्यासीकोट केन्द्र हुने गरी कार्यविनायक, टौखेल केन्द्र हुने गरी गोदावरी, इमाडोल केन्द्र हुनेगरी महालक्ष्मी नगरपालिका घोषणे गरिएको छ ।
भक्तपूरमा अनन्तलिंगेश्वर नगरपालिकाको केन्द्र गाम्चा हुनेछ भने सूर्यविनायकको सिपाडोल र चागुनारायणको केन्द्र चांगुनारायण हुनेछ ।
त्यस्तै महामन्जुश्री नगरकोट नगरपालिकाको केन्द्र नगरकोट हुनेछ । अब भक्तपूर र काठमाडौंमा गाविस छैनन् ।
प्रतिक्रिया 4