७ भदौ, कैलाली । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएवपछि कैलाली घटना भएको बताएका छन् ।
टीकापुरमा सुरक्षाकर्मी र थरुहट आन्दोलनकारीबीच सोमबार हिंसात्मक झडप भएको थियो । घरेलु हतियारसहित आएका आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहितका सुरक्षाकर्मी मारिएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै सभासद चौधरीले भने-‘प्रहरीले गोली चलाएपछि सदस्या भएको हो ।’ उनका अनुसार थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्ने कार्यक्रम थियो ।
झण्डै ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोकेको थियो । सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि प्रहरीले गोली चलाएको सभासद चौधरीले दाबी गरे । उनले भने-‘साँघुरो बाटोमा प्रहरीले गोली चलाएपछि आन्दोलनकारी तितरवितर भयो । प्रहरी पनि तितरवितर भएपछि यस्तो घटना भएको हो ।’
आन्दोलनमा घुसपैठ भएको हो भन्ने प्रश्नमा उनले होइन भनेका छन् । प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीमा रिसाएको र कसैले सम्हाल्न सक्ने अवस्था नआएको उनले बताएका छन् ।
प्रतिक्रिया 4