+
+
Shares

नेपाल सदभावना पार्टी परित्याग गरेको सरिता गिरीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १८:४६

२५ असोज, काठमाडौं । नेपाल सदभावना पार्टीकी सहअध्यक्ष सरिता गिरीले पार्टी परित्यागको घोषणा गरेकी छन् । तत्कालिन नेपाल सदभावना पार्टीकी अध्यक्ष गिरीले गत फागुनमा मात्र अनिल झा नेतृत्वको संघीय सदभावनासँग पार्टी एकता गरेकी थिइन् ।

Sarita-Giriउनले मधेसमा भइरहको आन्दोलनलार्इ निष्कर्षमा नपुर्‍याई आन्दोलनकारी दलहरू आफूले अस्वीकार गरेको संविधान अनुसार सरकार गठन प्रक्रियामा सहभागी हुँदा मधेसको आत्मसम्मानमा गहिरो चोट पुगेकी बताएकी छन् ।

उनले भनिन्, हिजोको घटनाले मधेस आँदोलन लाई पुनः एउटा चौबाटोमा खडा गरिदिएको छ । आन्दोलनकारी आफूलाई अत्यन्त अपमानित र उपेक्षित महसुस गरेका छन् ।’

उनले अब बुद्धिजीवी समूह र सामाजिक संघ संस्थासँग सहकार्य गरेर अघि बढ्ने समेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?