+
+

डिसीमा सत्यस्वरुप सांगीतिक साँझ सम्पन्न 

वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रको भर्जिनीयाको हर्नडनमा सत्यस्वरूप साङ्गीतिक साँझ सम्पन्न भयो । डिसी महानगर क्षेत्र मा रहेका नेपाली समुदायको पहल तथा आयोजनामा सम्पन्न कार्यक्रममा सत्यस्वरूपसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २१ गते १०:०६

SatyaSorup

विजय थापा

वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रको भर्जिनीयाको हर्नडनमा सत्यस्वरूप साङ्गीतिक साँझ सम्पन्न भयो । डिसी महानगर क्षेत्र मा रहेका नेपाली समुदायको पहल तथा आयोजनामा सम्पन्न कार्यक्रममा सत्यस्वरूपसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

उक्त सांगीतिक साँझ हेर्न बिभिन्न डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त सांगीतिक साँझ कार्यक्रममा स्थानीय कलाकारहरु ,अनुपमा प्रसाई ,नविन केसी ,लुना श्रेष्ठ ,खेम संग्रौला ,श्याम सुन्दर तथा सौजन संग्रौलाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Satya4

सत्य राज आचार्यले दूई वटा आफ्ना पिता भक्तराज आचार्यका गित गाएका थिए भने डिसीको कार्यक्रम २७ औ भएको वताएका थिए । उनले अमेरीका २२ औ देसको यात्रा भएको जानकारी साथ आफ्ना पिताको नाममा भक्त राज आचार्य संगित प्रतिष्ठान को २०६६ मा स्थापना गरेको वताए । उक्त प्रतिष्ठानले कलाकारलाई सम्मान गर्ने गरेको वताए । दूवै दाजूभाईले गजल , युगल ,एकल तथा पिताका गीत गाएका थिए ।

सुमधुर स्वरका धनी सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई आयोजकको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो l दर्सकले मन थाम्न नसके पछि दादूभाईको गीतमा मंच अगाडी दर्सक खूव नाचेका थिए । अन्तिम गीत क्रिकेटलाई समर्पित गरेका थिए । आयोजकको तर्फवाट मंजू सग्रौलाले धन्यवाद दिएकी थिईन भने राजदूत डा.अर्जूनकूमार कार्कीले सत्य राज आचार्य तथा स्वरूप आचार्य पूरस्कार वितरण गरे । अन्य कलाकारहरूलाई पनि राजदूतले सम्मान पत्र प्रदान गरेका थिए ।

Satya Satya2 Satya3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?