+
+
Shares

सुन्दरीको विचमा हसनले काटे केक, जन्मदिनमा चलचित्र उपहार

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १९ गते १०:३८

surbina-huge-hasan

‘अलबिदा’का निर्माता तथा कलाकार हसनराजा खानले आफ्नो जन्मदिनमा चलचित्र उपहार पाएका छन् । निर्देशक नारायण पुरीले उनलाई जन्मदिनमा चलचित्रको स्त्रिmप्ट उपहार दिएका हुन् ।

काठमाण्डौको एक होटलमा चलचित्रकर्मी, पत्रकारलाई जमघट गराउँदै हसनले जन्मदिन मनाएका थिए । जन्मदिनमा नाम उल्लेख नगरिएको चलचित्रको स्त्रिmप्ट नारायणले उनलाई उपहार दिए । हसनले कुनै कलाकारले जन्मदिनमा चलचित्र उपहार पाउनु सवैभन्दा ठूलो कुरा भएको बताए ।

कार्यक्रममा कलाकार विल्सन विक्रम राइले कमेडी गर्दै उपस्थित पत्रकार र कलाकारलाई हसाँए । यस्तै, कलाकार सुनिल थापाले हसनलाई शुभकामना दिएका थिए । सुरेश अधिकारीको संगीत रहने चलचित्रमा हसन मात्र पक्का भएका हुन् । नारायण पुरीले निर्देशन गर्ने चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ ।
hasan-birthday
जन्मदिनको अवसरमा हसनलाई शुभकामना दिनका लागि नायक गजित बिष्ट, प्रदिप बाँस्तोला, यशराच लगायत देखिएका थिए । यस्तै, मोडल तथा कलाकार खुश्वु खड्का, बषर्ा राउत, माला लिम्बु, सुरविना कार्की, सम्पदा बाँनिया, लगायत कार्यक्रममा देखिएका थिए । गायिका सहिमा श्रेष्ठ पनि कार्यक्रममा देखिइन् ।

कार्यक्रममा यशराचले नृत्य गरे भने प्रदिपले गीत गाएका थिए । चलचित्रको बिषयवस्तुको बारेमा कुनै जानकारी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?