+
+

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरियोस्

भोजपुरको दिङ्लामा जन्मिएका बाला गुरु षडानन्दले तत्कालीन जहाँनिया राणा शासनको जनविरोधी निर्णयलाई चुनौती दिँदै जनस्तरबाट नेपालमा नैं पहिलो विद्यालय खोलेर पठन-पाठन सञ्चालन गरेका थिए । त्यस समयमा जनताका छोराछोरीलाई पढ्नका लागि पूर्णरुपमा बन्देज लगाइएको थियो । शासक वर्गको नीति नै जनतालाई अशिक्षित बनाएर सहजै आˆनो अभिष्ट पूरा गर्ने थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ३ गते १६:५२

अर्जुन अधिकारी

भोजपुरको दिङ्लामा जन्मिएका बाला गुरु षडानन्दले तत्कालीन जहाँनिया राणा शासनको जनविरोधी निर्णयलाई चुनौती दिँदै जनस्तरबाट नेपालमा नैं पहिलो विद्यालय खोलेर पठन-पाठन सञ्चालन गरेका थिए । त्यस समयमा जनताका छोराछोरीलाई पढ्नका लागि पूर्णरुपमा बन्देज लगाइएको थियो । शासक वर्गको नीति नै जनतालाई अशिक्षित बनाएर सहजै आफ्नो अभिष्ट पूरा गर्ने थियो ।

बालागुरु षडानन्दको नाममा सरकारले निकालेको हुलाक टिकट
बालागुरु षडानन्दको नाममा सरकारले निकालेको हुलाक टिकट

जनतालाई पढ्का लागि नै प्रतिवन्ध लगाइएको बेला विद्यालय खोल्नु भनेको त अत्यन्तै चुनौतीपूर्ण कार्य थियो । राणा शासनको बेला पढ्नु र विद्यालय खोल्नु भनेको मृत्युसँग संघर्ष गर्नु सरह थियो उतीबेला । त्यहीं समयमा षडानन्दले आफूलाई बलिमा चढाएर कठोर निर्णय लिंदै संस्कृत पाठशाला स्थापना गरेर जनताको अधिकारका लागि जीवन आहुति दिनका तयार भएको सन्देश शासक वर्गमाझ दिए ।

बाला गुरुले भोजपुरको दिङ्लाबाट नेपालमा शैक्षिक क्रान्तिको सुरुवात गरेर जनतालाई अधिकार लडेर लिनुपर्छ भन्ने कुराको पाठ सिकाए । त्यसकै परिणामस्वरुप अहिले नेपाली जनता आफ्नो अधिकारका लागि आवाज बुलन्द पार्न संसारकै नागरिकको दाँजोमा अग्र स्थानमा रहेका छन् । आम जनताले पाठशाला खोल्ने कुरा राज्यको दृष्टिमा अपराध थियो भने आम मानिसका दृष्टिकोणमा क्रान्तिकारी कदम थियो । हो षडानन्दले अपराध गरेर क्रान्तिकारी कदम चालेकै थिए । तत्कालिन शासकले मार्ने धम्की दिएर पाठशाला तत्काल बन्द गर्न आदेश दिँदा पनि उनि रतिभर थाकेनन् । बरु उनले शासकलाई जवाफ फर्काए मृत्यु स्वीकार्न तयार छु ।

शासकहरुले जनतामाथि गरेको अन्याय र अत्याचारको भण्डाफोर गर्न सक्ने शिष्यहरु उत्पादन गर्छु अनि त्यसपछि कुरा गरौंला भन्ने व्यहोराको जवाफ शासकमाझ पठाए । उनले खोलेको पाठशालामा शिक्षा र अलौकिक ज्ञान हासिल गर्नका लागि नेपालबाट मात्र नभएर भारत, म्यानमार, श्रीलंका, बंगलादेश लगायतका मुलुकबाट पनि विद्यार्थी आउने गरेका थिए । साच्चै भन्नुपर्दा भोजपुर नेपालको काशी थियो । दिङ्ला शिक्षाको खानी र ज्ञानको भण्डार भएको ठाउँ थियो भन्दा अतियुक्ति नहोला ।

शिक्षा हराए काशी जानु भन्ने कथनलाई संशोधन गरेर शिक्षा हराए दिङ्ला जानु भन्ने अवस्थाको सृजना बालागुरु षणानन्दले गरेका थिए । उनले शिष्यहरुलाई संस्कृत मात्र नभएर राज्य परिवर्तन गर्न सक्ने क्षमता दिएका थिए । तिनै विद्यार्थीहरुले आफ्नो देशमा गएर मुलुकको विकास परिवर्तनको लागि विशेष योगदान दिएका थिए । बलागुरुसँग रुमाल बिछ्याएर अरुण नदी तर्न सक्ने क्षमता भएको कुरा इतिहासबाट पुष्टि हुन्छ ।

गुरुले दिङ्लामा ल्याएर रोपेको रुद्राक्षको विरुवा अहिले आएर भोजपुर र संखुवासभामा प्रमुख आम्दानीको स्रोत बनेको छ । यो धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको रुद्राक्षको फल त्यस क्षेत्रमा करोडौं पैसामा कारोबार हुने गरेको छ ।

अर्जुन अधिकारी
अर्जुन अधिकारी

रुद्राक्ष अहिलेको प्रस्तावित प्रदेश एकको प्रमुख आम्दानीको स्रोत र विकासको आयाम बन्ने प्रवल सम्भावना छ । यसको संरक्षण गर्न राज्यले विशेष ध्यान दिनैपर्छ । किनकि यसले त्यस क्षेत्रमा दशौ अरबको योगदान गरेको छ । यसको आम्दानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीति राज्यले ल्याउनुपर्छ । नत्र यत्रो पैसा बिनाकारण स्वाहा हुनसक्छ र भइरहेको छ ।

राज्य माथिल्लो अरुण जलविद्युत परियोजना निर्माण गर्नका लागि विदेशीको पछाडि दौडिरहेको छ । यो संसारकै सस्तो र आकर्षण जलविद्युत आयोजना रुद्राक्षको आम्दानीबाट नै निर्माण महत्वपूर्ण योगदान रहन सक्छ । जलविद्युत परियोजना निर्माणका लागि लगानीकर्ता खोज्नका लागि भौतारिरहेको राज्यले स्थानीय लगानीमा निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन गरोस ।

रुद्राक्षको राजधानीका रुपमा परिचित दिङ्ला भोलिको प्रमुख पर्यटकीय केन्द्र बन्न सक्छ । उनै षडानन्दले दिङ्लालाई रुद्राक्षको राजधानीका रुपमा चिनाएका हुन् ।

नेपालको शिक्षाका सुरुवात कर्ता महान व्यक्तित्व बालागुरुलाई अहिलेसम्म राज्यबाट राष्ट्रिय विभूति घोषणा नगरेर उनले मुलुकलाई दिएको योगदानको अपमान गरिएको छ । षडानन्दको अपमान गर्नु भनेको नेपालको शैक्षिक क्षेत्र र इतिहास अनि शिक्षामा भएको पहिलो क्रान्तिको अपमान गर्नु हो । राणाहरुले जनताका छोराछोरीलाई पढ्नका लागि बन्देज गरेको कुरा सही हो भनेर स्वीकार गर्नु हो । राज्यसँग दुईवटा विकल्प छ कि षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्ने कि क्रुर जानियाँ राणा शासनको पक्षपोषण गरेर उनको अपमान गर्ने ।

षडानन्दको सम्पत्ति अहिले पनि सिताराम गुठीको नाममा सयौं रोपनी रहेको छ । भने त्यसबाट हरेक साल दशौँ लाख बराबरको आम्दानी हुन्छ । तर त्यो रकम कहाँ खर्च हुन्छ । थाहाँ पत्तो हुदैन । त्यत्रो पैसा गुठियारले हिनामिना गर्दा समेत राज्य संयन्त्र बेखवर र निरिह बनेको छ । गुठीमा चरम हिनामिना हुँदा समेत राज्य संयन्त्र कानमा तेल हालेर बस्नु आफैमा शंकास्पद विषय हो । त्यो सम्पत्तिबाट आएको आम्दानी षडानन्द स्कुलको विकास र बिस्तारमा उपयोग हुनुपर्ने हो । तर यहाँ बाघको छालामा स्यालको रजाईं भएको छ ।

भ्रष्टाचार नियन्त्रण गरेर पारदर्शिता कायम गर्ने निकाय अख्तियार समेत यो विषयमा मौन बसेको छ । गुरुको उदेश्यको अपमान गर्दै सम्पत्तिको आम्दानी हिनामिना गर्नु दु:खद कुरा हो । उनको सम्पत्ति उचित ठाउँमा प्रयोग हुनुपर्छ । अनि मात्र उनको आत्माले सन्तुष्टि प्राप्त गर्छ । षडानन्दको सम्पत्तिमा आफ्नो दुनो सोझ्याउनेहरु माथि छानविन गरि अख्तियार र नेपाल सरकारले हदैसम्मको कारवाही गरोस् ।

षडानन्दको नाम भजाएर खानाका लागि थुप्रै प्रतिष्ठानहरु खुलेका छन् । त्यसमध्यको एक काठमाडौंमा रहेको षडानन्द प्रतिष्ठान र त्यसको शाखाका रुपमा रहेको इटहरीको संस्थाले लाखौं रकम उठाएर राज्य र जनतालाई ठगिरहेको पाइएको छ । उनको नाम केही संस्थाका लागि मागीखाने भाडो बनेको छ ।

काठमाडौंको घट्टेकुलोस्थित प्रतिष्ठानको कार्यालयमा पुग्दा यस्तो कुराको खुलासा हुन्छ । जुन संस्था र त्यसमा कार्यरत व्यक्तिहरुले जीवनमा दिङ्ला देखेका छैनन्, उनीहरुले ठुल्ठुला कुरा गर्ने र षडानन्दको नाममा छात्रवृत्ति दिने भन्दै लाखौं पैसा उठाएको पाइएको छ । पुरस्कार र सम्मानका नाममा आफ्ना आसेपासेलाई पनि आर्थिक लाभ प्रदान गरेको भेटिएको हुँदा समेत नेपाल सरकार र समाजकल्याण परिषद् मौन र बेखवर छ ।

सरकारले छात्रवृत्तिको नाममा ठगि गर्नेमाथि तत्काल छानविन गरि कारवाही गरोस । जसको षडानन्दलाई चिनाउनका लागि कुनै योगदान छैन । तिनीहरुलाई नै किन सम्मान गरिन्छ । यसको अर्थ त कुटे जस्तो गर मा रोए जस्तो गर्छु । अर्थात् आफ्नै मान्छे डमी खडा गरेर संकलन गरेको रकम चप्काउने नियति हो ।

गुरुको नाममा सामाजिक सँस्था दर्ता गरेर ठगको व्यापार गर्नेले उनिमाथि योगदान भन्दा पनि उनका योगदानलाई समाप्त पार्ने काम गरेका छन् । त्यसैले यस्ता संस्थाहरु तुरुन्त बन्द गरेर ठगका व्यापारीहरुको धन्दा रोक्न सरकारले कदम चालोस् । गुरुको नाममा खुरुखुरु खान मनाही छ ।

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरेर ऐतिहासिक स्थल दिङ्ला पहिचान स्थापना गर्दै उनका नाममा दलाली गर्ने सामाजिक संस्थाका नाममा नक्कली समाजसेवी बन्नेहरुलाई हदैसम्मको कारवाही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?