२५ माघ, पोखरा । लेकसाइडमा गएर रमाइलो गर्ने प्रस्ताव अस्वीकार गरेपछि मगर फिल्मकी नायिका नेहा (योरुना) पुनको हत्या भएको खुलेको छ ।
हत्या अभियोगमा सतीश भनिने कृतन खड्गीलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानबाट सतीशले नेहाको हत्या गरेको खुलेको हो ।
गत १९ माघमा पोखराको नयाँगाउँको सडक किनारामा हत्या गरिएको अवस्थानमा नेहाको शव भेटिएको थियो । १८ बर्षीया नेहा नयाँगाउँकै स्माइल क्याफेमा कार्यरत थिइन् ।
प्रहरीका अनुसार १८ माघ राति नेहा र साथीहरु न्युरोडको होटल ओपन टेबलमा बसेर मादक पदार्थ सेवन गरेका थिए । राति ९ बजेतिर नेहा सतीशसँगै मोटरसाइकलमा नयाँगाउँतिर गएकी थिइन् । घटनास्थल नजिक पुगेपछि सतीशले घर नगई लेकसाइडमा घुम्न जाने र रमाइलो गर्ने प्रस्ताव राखे । तर, नेहाले अस्वीकार गरेपछि विवाद भएको थियो ।
त्यस क्रममा सतीशले हेलमेटले टाउकोमा हानेपछि नेहा त्यही ढलिन् । त्यसपछि शारीरिक सम्पर्क गर्न खोज्दा नेहाको नाक र कानबाट रगत बगेकाले आफू घरतर्फ गएको सतीशले बयान दिएका छन् ।
२१ वर्षका अभियुक्त सतीश गेम हाउस सञ्चालक हुन् ।
प्रतिक्रिया 4