+
+

आठ बर्षकी प्रीशाले गाइन् मन छुने गीत

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २१ गते १२:११

prisha-video
आउँदो साउन महिनाबाट ८ बर्षमा प्रवेश गर्न लागेकी गायिका प्रीशाको स्वरमा समावेश एक गीत सार्वजनिक भएको छ । ‘जति माया लाग्छ मामुको’ बोलको गीतलाई प्रीशाले मन छुने तरिकाले गाएकी छिन् ।

आमा र बाबु अलग बस्दा साना बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई यो गीतमा उठान गरिएको छ । गीतमा प्रकाश सुवेदीले शब्द कोरेका छन् । प्रकाशले यसअघि पनि केही गीतमा शब्द कोरिसकेका छन् ।prisha-nani

बाबु र आमा अलग बस्नु हुँदैन, यसले साना बालबालिकालाई असर गर्छ भन्ने भावलाई प्रकाशले मर्मस्पर्शी शब्द मार्फत प्रस्ट्याउने प्रयास गरेका छन् । गीतमा बसन्त सापकोटाको संगीत छ ।

रमेश वावा नेपालको निर्देशनमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने धिरज जंग शाहको छायांकन छ । गायिका प्रीशाले वैशाख महिनामा ‘प्रीशा’ एल्बम बजारमा ल्याउने तयारी पनि गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?