चलचित्र ‘ड्रिम्स’ चलेपछि नायक भूवन केसीको घरमा २ करोड भन्दा बढी रकम भित्रियो । नायक केसीले आफ्नो पुरानको कार परिवर्तन गरे र नयाँ रातो रंगको कार किने । बाबुले गाडी किन्दा छोरा अनमोल केसीले भने बाइक किने । अनमोलसँग ३ लाख पर्ने बाइक थियो । तर, चलचित्र चलेपछि उनले बाइक परिवर्तन गरे ।
अनमोलले ३ हप्ता अगाडि मात्र ‘डुकाटी’ बाइक किने । यो बाइकलाई २३ लाख पर्ने अनमोलले जानकारी दिए । बेलायतबाट फर्किएपछि उनले नयाँ बाइक किनेका हुन् । अनलाइनखबरले बाइकमा बसेर तस्बिर खिच्न आग्रह गर्दा अनमोलले भने-‘नम्बर प्लेट भने ननिकाल्दिनु होला है । यसै त यूवतीहरुले हैरान गरेका छन् । बाइक नम्बर पनि चिने भने गाह्रो हुन्छ ।’
अनमोलले आफूलाई बाइक चढ्न मन लाग्ने बताए । हालै मात्र एक चलचित्रका लागि २० लाख पारिश्रमिक लिएका अनमोल सर्वाधिक महंगा र चलेका नायक हुन् ।
तस्बिर : विनोद पोख्रेल
प्रतिक्रिया 4