+
+

चन्द्रागिरी केबलकार सञ्चालनमा, भाडा ७ सय रुपैयाँ तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २५ गते १७:१२

cablecar 960
२५ साउन, काठमाडौं । मंगलबारदेखि काठमाडौंको चन्द्रागिरी केबलकार सञ्चालनमा आएको छ । निर्माता कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले केबलकारको दुईतर्फी टिकटका लागि ७०० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

सोमबार चन्द्रागिरी केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरको बैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरेर केलबकार आंशिक रुपमा खुला गरिएको हो ।

Chandragiri cable car (1)
कार्याक्रममा चन्द्रागिरी नगरपालिका, मकवानपुरकाे चित्लाङ र फाखेल गाविसका स्थानीयलाई आमन्त्रण गरिएको थियो । हिजो एकैदिनमा १० हजार भन्दा बढीले निशुलक ‘टेष्ट राइड’ गरेका थिए । काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरी उचाइ २५५१ मिटरको उचाइमा छ ।

धर्मिक गन्तब्य

भगवान महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरिको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ ।

Chandragiri cable car (8)
भाल पतन भएर उत्पत्ति भएका महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख छ । भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्ति पाएका कथाहरु हाम्राधर्म ग्रन्थहरुमा उल्लेख छ ।

यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँ आकर्षक मन्दिर निर्माण गरिएको हो ।

भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्णहुने जनविश्वास रही आएको छ ।

ऐतिहासिक महत्व
चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको गरेका इतिहासविदहरु बताउँछन् ।

Chandragiri cable car (10)
पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट गोरखा र्फकँदा चन्द्रागिरि हुँदै फर्किएका र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरिएको उनको उपदेशमा उल्लेख गरिएको छ ।

पृथ्वीनारायण शाहले यही चुचुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास छ ।

प्राकृतिक सौन्र्दयको नमूनास्थल

चन्द्रगिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम स्थल हो । घना जङ्गलले ढाकिएको चन्द्रगिरी मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । क्षण-क्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ ।

Chandragiri cable car (6)
चन्द्रागिरी चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । करिब १८० डिग्रीको रेन्जमा यहाँबाट हिमश्रृंखलाको अवलोकन गर्न पाइन्छ ।

सूर्योदय र सूर्यास्तको अवलोकनका लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य स्थल हो । हिमालयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ ।

पूर्वोत्तर दिशामा रहेको काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ । हिमाल, हरियाली र राजधानीशहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?