+
+
Shares

‘रोमियो’मा ‘बाबरी’ बन्दै नीशा, यस्तो बन्यो मोसन पोष्टर

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १९ गते ११:५१

nisha adhikari
लामो समयदेखि निर्माण हुने भनिएपनि विभिन्न कारणले छायांकनमा जान नसकेको चलचित्र ‘रोमियो’को अब भने निर्माण कार्य सुरु हुने भएको छ ।

एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको दोश्रो चलचित्रमा हसनराजा खानको लगानी रहनेछ । यो चलचित्रलाई नव-निर्देशक शंकर कार्कीले निर्देशन गर्दैछन् । चलचित्रलाई सुरुमा नारायण पुरीले निर्देशन गर्ने कुरा थियो । तर, पुरी अमेरिका गएपछि चलचित्रको काम रोकिएको थियो ।

दशैको टिका लगतै चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रमा नायिका नीशा अधिकारी र निर्माता तथा नायक हसनराजा खान मुख्य भूमिकामा हुनेछन् । लीड रोलका लागि केही नायिका यसअगाडि पनि चयन भएका थिए । तर, अन्त्यमा नीशाले ‘बाबरी’को क्यारेक्टर गर्ने भएकी हुन् । नीशाले चलचित्रका लागि मौखिक सहमती भैसकेको र टिका लगतै चलचित्रलाई आफूले समय दिने बताएकी छिन् ।

चलचित्रमा नव-कलाकार ओसिमा बनु पनि हुनेछिन् । साथमा विकास खतिवडा, विपेन गुरुङ पनि चलचित्रमा मुख्य भूमिकामा हुनेछन् । चलचित्रको मोसन पोष्टर यस्तो बनाइएको छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?