७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंंह कार्कीलाई कालोमोसो दलेर झापड हान्ने दुई युवा विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रहेको खुलेको छ ।
माओवादी स्रोतका अनुसार पक्राउपर्ने दुई युवाहरु प्रकाश शाही र चन्द्रबहादुर बुढा हुन् । दाङका शाही र रुकुमका बुढा दुबै अखिल क्रान्तिकारीका केन्द्रीय समिति सदस्य हुन् ।
शाही दाङबाट इकाइ कमिटी हुँदै केन्द्रीय समितिमा आइपुगेका हुन् भने बुढा सीटीइभीटीबाट आखिल क्रान्तिकारीको केन्द्रीय कमिटीमा आइपुगेका हुन् ।
उनीहरु पार्टीको योजनाअनुसार नै लोकमानलाई मोसो दल्न सर्वोच्च अदालत छिरेका थिए । मोसो दलेर लोकमानलाई झापड हानेलगत्तै उनीहरुलाई अदालतमा सुरक्षार्थ खटिएका प्रहरी र लोकमानका अंगरक्षकले पक्राउ गरेका थिए ।
अब उनीहरुमाथि सार्वजनिक अपराधमा कारवाही हुने प्रहरी स्रोतको भनाइ छ । अखिल क्रान्तिकारीले भने शाही र बुढा आफ्नो संगठनको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
यो पनि पढ्नुहोस्
विप्लव माओवादीका प्रवक्ताले भने- भ्रष्टाचारीहरु हाम्रो निशानामा छन्
प्रतिक्रिया 4