+
+

भूपी काव्य पुरस्कार रत्न शमशेरलाई

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १० गते १७:४९

पोखरा । भूपी काव्य पुरस्कार कवि तथा गीतकार रत्न शमशेर थापालाई दिइएको छ ।

भूपी शेरचनको ८१औं जन्मजयन्तीको अवसरमा पोखरामा थकाली सेवा समितिले आयोजना गरेको कार्यक्रममा थापालाई पुरस्कार अर्पण गरिएको हो । पुरस्कारको राशि ५० हजार १ रुपैयाँ छ ।

भूपीका समकालीन तथा अन्तरंग मित्र समेत रहेका थापालाई नेपाली साहित्यमा पुर्‍याएको योगदानको सम्मान गर्दै पुरस्कार दिइएको समितिले जनाएको छ । पुरस्कार ग्रहणपछि कवि/गीतकार थापाले भूपीसँगका रमाइला संस्मरणहरु सुनाएका थिए ।

bhupi-kavya-puraskarहरेक दुई वर्षमा दिइँदै आएको यो पुरस्कार यसअघि सरस्वती प्रतीक्षा र मोमिलाले पाएका थिए । अघिल्ला वर्षहरुमा भूपी स्मृति पुरस्कारको नाममा १५ हजार रुपैयाँ राशिको पुरस्कार युवा पुस्ताका सर्जकलाई दिइने गरेको थियो । यस पटकदेखि नाम परिवर्तन गरिनुका साथै पुरस्कार राशि बढाउँदै पुरस्कृत हुने व्यक्तिको दायरा पनि बढाइएको प्रतिभा चयन समितिमा रहेका साहित्यकार सरुभक्तले जानकारी दिए ।

विक्रम सम्वत् १९९२ साल पुस १० गते जन्मिएका भूपी लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित भएका थिए । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (०२६) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपीले सो कृतिबाट ०२६ सालको साझा पुरस्कार समेत पाएका थिए ।

पुरस्कृत थापा मुक्तकबाट आफ्नो चिनारी स्थापित गर्दै कविता र गीत लेखनबाट साहित्यिक र सांगीतिक क्षेत्रमा अझ फैलिएका थिए । उनका ‘चकलाभरिको घाम’ (०३६) र ‘ताराका काँचा रङ’ (०६०) कवितासङ्ग्रह तथा ‘ओभानो सिउँदो’ र ‘रुझेका परेला’ गीतसङ्ग्रह प्रकाशित छन् ।

तस्बिर सौजन्य: अमृत सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?