+
+
Shares

क्लबमा हट प्रियंकासँग प्रमोदले माया लाएपछि..(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १३ गते १३:१४


काठमाण्डौको एक क्लबमा नायिका प्रियंका कार्की निकै हट अवतारमा प्रस्तुत भइन् । दक्षिण एसियाकै ठूलो क्लबको रुपमा मानिएको ‘क्लब डेजा भु’मा प्रियंकासँग रोमान्स गर्न गायक प्रमोद खरेल तम्सिए ।

उनीहरुले एक अर्काको आलिंगनमा रहेर रोमान्स गरे । गायक प्रमोद खरेलको आवाजमा समावेश ‘लाइदेउ न मायाले’ बोलको गीतको म्यूजिक भिडियो छायांकनका क्रममा क्लबमा प्रियंका हट शैलीमा प्रस्तुत भएकी हुन् ।

राजनराज सिवाकोटीको संगीत रहेको यो गीतको भिडियोलाई संचारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोको छायांकनमा अर्जुन तिवारीले खुबै मिहिनेत गरेको देखियो । सुनिल क्षेत्री भिडियोका कोरियोग्राफर हुन् ।

प्रमोद खरेलको गीतमा काम गर्न आफू सधै उत्साहित हुने नायिका तथा मोडल कार्कीको भनाई थियो । यस्तै, गायक प्रमोद खरेलले ‘झुमा झुम्केवाली’ भन्दा पनि उत्कृष्ट भिडियो बनाएको दाबी गरे ।

तस्बिरः विनोद पोख्रेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?