१७ असार,प्युठान । निकै कडा टक्करबीच कम्युनिस्ट किल्ला भत्काउँदै कांग्रेसले प्युठानको ऐरावती गाउँपालिकामा जित निकालेको छ ।
ऐरावती गाउँपालिका अध्यक्षमा कांग्रेसका नबिलविक्रम शाह २४९० मतका साथ विजयी भएका छन् । उनले एमालेका टिकाविक्रम गुरुङलाई १६ मतले पराजित गरेका हुन् ।
एमालेका गुरुङले २४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने माओवादीका बुद्धवहादुर बस्नेत विजयी भएका छन् । यहाँ राष्ट्रिय जनमोर्चा र माओवादीको गठबन्धन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4