+
+
Shares

गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ४ गते २०:५९

२ साउन, काठमाडौं । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ ।

महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो ।

तर, पंगेनी राष्ट्रिय कलाकार भएको भन्दै भनसुनका आधारमा तत्काल छुटाइएको थियो । बुधबार बिहान जिल्ला प्रशासनमा औपचारिक प्रक्रिया समेत पुर्‍याइएको छ ।

गायक पंगेनीले भने विज्ञप्ति नै निकालेर आफू पक्राउ नपरेको दाबी गरेका छन् । उनले केही कलाकार पक्राउ परेको र उनीहरुलाई छुटाउन मात्र गएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?