+
+
Shares

विक्रम पाण्डे भन्छन्- कांग्रेसको सबै भोट मैले पाउँछु

'मेरा धेरै प्रतिस्पर्धीमध्ये प्रचण्ड पनि एक हुन्'

सुवास पण्डित सुवास पण्डित
२०७४ कात्तिक १४ गते १०:२६

१४ कात्तिक, चितवन । कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिनिधिसभा निर्वाचन लड्न लागेका राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेसका मतदाताको सबै भोट आफूले पाउने दावी गरेका छन् । कांग्रेसकै चाहनामा प्रचण्डसँग चुनाव लड्न लागेको उनले बताए ।

पाण्डे माओवादी अध्यक्ष प्रचण्डसँग चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्दैछन् ।

‘यसैपनि यो क्षेत्रमा कांग्रेस बलियो छ । हामी पनि कम छैनौं, दुवैको मत मिल्दा जित्न सजिलो छ,’ चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै वनमन्त्री समेत रहेका पाण्डेले भने, ‘कांग्रेसका सबै मतदाताले मलाई भोट हाल्नेमा ढुक्क छु ।’

भरतपुर महानगरको निर्वाचनमा कांग्रेसले माओवादीलाई समर्थन गरेको र त्यसको ३ महिना पनि पुग्दानपुग्दै माओवादीले धोका दिएकाले कांग्रेसको मत आफूले पाउने उनले बताए ।

कांग्रेस नेता-कार्यकर्ताहरुकै सल्लाहमा र उनीहरुकै चाहानामा आफूले उम्मेदवारी दिन लागेको भन्दै नेता पाण्डेले जित सुनिश्चित भएको दावी गरे ।

आफ्ना धेरै प्रतिस्पर्धीमध्ये माओवादी अध्यक्ष प्रचण्ड पनि एउटा भएको उनले बताए । जनताको काम र विकास निर्माणका कामले चितवनमा आफूले जति अरुले नगरेको उनको दावी छ । माओवादी अध्यक्ष प्रचण्डले चितवनबाट निर्वाचन जितेर देशको नेतृत्व गर्छु भन्नुभएको छ, तपाईं के गर्ने भन्ने प्रश्नमा पाण्डेले भने, ‘मैले पनि देशको नेतृत्व नै गर्ने हो ।’

यो पनि पढ्नुहोस्

प्रचण्डलाई चितवनमा विक्रम पाण्डेको चुनौती

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?