+
+
Shares

फोरमले ओलीबिरुद्ध उम्मेदवार तोकेका लिङ्देन कांग्रेस प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १५ गते १६:५०

१५ कात्तिक, झापा । पहिलो संविधानसभा चुनावमा केपी ओलीलाई झापाबाट हराएका विश्वदीप लिङदेन नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । बुधबार साँझ ५ बजे बिर्तामोडमा एक औपचारिक कार्यक्रमका बीच उनी कांग्रेस प्रवेश गर्नेछन् ।

यसअघि मंगलबार संघीय समाजवादी फोरमले उनलाई झापा ५ मा फेरि ओलीबिरुद्ध उठाउने निर्णय गरेको थियो । लिङ्देनसहित लिम्बुवानका केही कार्यकर्ता र समाजवादीका नेता कांग्रेस प्रवेश गर्दैछन् ।

लिङ्देनसहित फोरमका केन्द्रीय सदस्य एवम् इलाम जिल्ला अध्यक्ष देवेन्द्र राई पनि कांग्रेस प्रवेश गर्दैछन् । राईलाई इलाममा झलनाथ खनालबिरुद्धमा उठाउने गरी कांग्रेसले टिकट दिने सहमति भएको बताइएको छ ।

पहिलो संविधानसभा चुनावमा साविकको क्षेत्र नम्बर ७ मा लिङदेनले १६ हजार ९९ मत पाएका थिए । दोस्रो बनेका केपी ओलीले १४ हजार ९५९ मत ल्याएका थिए । कांग्रेसले त्यसबेला ११ हजार मत ल्याएको थियो भने राप्रपाले ३४७८ मत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?