२८ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् ।
यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् ।
पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ । योजनाकार भनिएका समिरमान बस्नेत भने फरार छन् ।
गौचनको २३ असोजमा खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4