३ माघ, काठमाडौं । प्रदेश प्रमुखमा प्रस्तावित अनुराधा कोइरालाका एकमात्र छोरा मनिष कोइरालाले आफ्नी आमा बंशज नेपाली नागरिक भएको बताएका छन् । उनले आफ्नी आमाको जन्मस्थान ओखलढुंगाको रुम्जाटार–३ रहेको बताए ।
आमाको पुरानो नागरिकतामा गुरुङ थर नै रहेको भए पनि पछि प्रतिलिपि निकाल्दा पिता दिनेशप्रसाद कोइरालाको थर प्रयोग गरिएको छोरा मनिषले बताए ।
आफ्नी आमालाई अंगीकृत नागरिक भनी प्रचार गरिएकोमा आफ्नो चित्त दुखेको मनिषले बताए ।
यसैबीच, प्रदेश नम्बर ३ को प्रदेश प्रमुखमा नियुक्तिका लागि सिंहदरबारमा पुगेको अनुराधाको फाइलमा बंशजको नागरिकताको प्रतिलिपि एट्याच गरिएको छ ।
अनलाइनखबरले प्राप्त गरेको उक्त नागरिकताको प्रतिलिपि ०५० साल पुस ६ गते काठमाडौं जिल्ला प्रशासनबाटै लिएको देखिन्छ ।
प्राप्त प्रतिलिपिअनुसार अनुराधाले काठमाडौं जिल्ला प्रशासनबाट बंशजको नागरिकता लिएकी छिन् । नागरिकतामा जन्मस्थान ओखलढुंगाको रुम्जाटार ३ उल्लेख भएको छ भने हालको वतन काठमाडौं– १० उल्लेख गरिएको छ ।
नागरिकतामा पिताको नाम प्रतापसिंह गुरुङ र जन्ममिति २००७ साल बैशाख १ उल्लेख छ ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4