+
+
Shares

गैरकानुनी रुपमा कोरिया पठाएको आरोपमा राजेन्द्र खड्गीमाथि अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १८:३१

२४ माघ, काठमाडौं । नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका वेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरुलाई लगेको आरोप लागेको छ ।

सीआईबीले खड्गीमाथि अनुसन्धान थालेको भए पनि अहिले अनुसन्धान प्रारम्भिक चरणमै रहेको सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?