३ फागुन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताएका छन् ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सामर्थ्य र अवधीको सीमा भए पनि इमानको सीमा नहुने बताए । उनले भने, ‘देशको हितलाई सर्वोपरी राखेर काम गर्छौ ।’
देशको आवश्यकता र जनचाहना पूरा गर्न सशक्त संगठन चाहिने र त्यो एमालेसाग रहेको उनले बताए ।
स्थानीय तहमा १४ हजार बढी जनप्रतिनिधि र सात प्रदेश मध्ये ६ मा सरकार रहेको भन्दै उनले भने, देशलाई विकास र सम्बृद्धि चाहिएको छ । जनतालाई सुख चाहिएको छ ।’
राष्ट्रियता, लोकतान्त्रिक मूल्यमान्यता र पारदर्शीमा आफ्नो सरकार दृढ रहने उनले बताए । प्रधानमन्त्री समेत रहेका ओली भने, भ्रष्टाचार विल्कुलै सहन सकिादैन । हाम्रो नेतृत्वमा सरकार बनेर स्वच्छता कायम गर्न सकेनौं भने कसले कायम गर्छ ?’
ढिलासुस्ती र निष्क्रियता पनि स्वीकार्य नहुने उनले बताए ।
प्रतिक्रिया 4