+
+
Shares

माओवादीको समर्थनमा प्रधानमन्त्री बने केपी ओली

पहिलो निर्णय- नगरपालिकामा प्राविधिक शिक्षालय

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते २१:४६

३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

माओवादीको समर्थनमा बहुमतको दाबी पेश गरेपछि राष्ट्रपतिले विहीबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र सदनमा विश्वासको मत प्राप्त गर्नुपर्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई विहीबार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहीबार नै राष्ट्रपतिसमक्ष बहुमतको दाबीसहित समर्थनको पत्र बुझाएका थिए ।

वाम नेताहरु बालुवाटार पुग्दा प्रधानमन्त्री शेरबहादुर देेउवाले राजीनामा दिएकै थिएनन् । हतार-हतार अन्तिम मन्त्रिपरिषद् बैठक राखेका देउवाले बालुवाटारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिए । लगत्तै बालुवाटार पुगेका उनले राजीनामा बुझाए ।

वाम नेताहरुलाई अर्को कोठामा राखेर राष्ट्रपतिले देउवाको राजीनामा बुझिन् । र, ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र दिइन् ।

आफ्नो पक्षमा बहुमत दाबी गर्दै विहान ९ बजेतिरै शीतलनिवास पुगेका वाम नेताहरु ओलीले नियुक्ति बुझेपछि मात्रै बाहिरिएका थिए ।

शीतलनिवासमा सपथ

नवनिर्वाचित प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह पद तथा गोपनीयताको सपथ लिए । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति भण्डारीसमक्ष सपथ लिएका हुन् ।

सपथग्रहण समारोहमै निर्वमान प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई सत्ता हस्तान्तरण गरे ।

सपथपछि उनले लैनचौरस्थित सहिद स्मारकमा पुगेर माल्यार्पण गरे । लगत्तै नवनिर्वाचित प्रधानमन्त्री ओलीले सिंहदरबार पुगेर पदभार सम्हाले । ओलीले देशभरका सबै नगरपालिकाहरुमा दुई वर्षभित्र प्राविधिक शिक्षालय खोल्ने निर्णयमा हस्ताक्षर गरेर आफ्नो पदभार प्रारभ्म गरेका छन् ।

पहिलोचोटि प्रधानमन्त्री हुँदा ओलीले दुईवर्षभित्र तुइन विस्थापन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले आजको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सांसद छन्, बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ ।

मन्त्री नियुक्तिमा सप्राइज

प्रधानमन्त्री ओलीले पहिलो चरणमा महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीलाई मन्त्री बनाउने धेरैको अनुमान थियो । तर, एमाले नेताहरुलाई नै चक्मा दिँदै उनले विहीबार लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाए ।

पण्डितले विहीबार जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा सपथ लिए भने थापाले महिला तथा वालवालिका मन्त्रीका रुपमा राष्ट्रपतिबाट सपथ लिइन् ।

नयाँ संविधानअनुसार प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीसमेत गरी २५ जना भन्दा बढीको मन्त्रिपरिषद बनाउन मिल्दैन । प्रधानमन्त्री ओलीले अब २२ जनालाई सरकारमा लान पाउँछन् । यसमध्ये सत्ता साझेदार माओवादीलाई कतिवटा मन्त्रालय दिने भन्ने भागवण्डा अहिलेसम्म मिलेको छैन । माओवादीलाई कुन कुन मन्त्रालय दिने भन्ने पनि टुंगो लागेको छैन ।

माओवादी बाहेक अन्य दललाई सरकारमा लाने नलानेबारे ओली अझैसम्म अस्पष्ट छन् ।

माओवादीले मन्त्री पठाएन

प्रधानमन्त्री ओलीले विहीबार सरकार गठनको पहिलो चरणमा माओवादीलाई समेट्न सकेनन् । बुधबार साँझसम्म भएको छलफलमा माओवादीहरु सहमतिको नजिक आउनुको साटो झनै टाढा भएपछि ओलीले एमालेका मन्त्रीमात्रै राखेर ३ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

तथापि माओवादीले पार्टी एकताबारे प्याकेजमा कुरा मिल्नासाथ आफ्नो तर्फबाट मन्त्रीहरु पठाउने बताएका छ । तर, यसका लागि प्रधानमन्त्रीले माओवादीलाई कति वटा र कुन कुन मन्त्रालय दिने भन्नेबारे टुंगो लगाउनुपर्ने छ ।

केपी ओली प्रधानमन्त्री बनेसँगै अब नयाँ संविधानको पूर्णरुपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । र, ओलीलाई माओवादीले साथ दिँदासम्म सुविधाजनक बहुमतको साथ रहने छ ।

तथापि एमाले र माओवादीवीचको वार्तामा ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा बाहिर आएको छ । त्यस्तो भएमा ओलीले आगामी पाँच वर्ष नभएर २/३ वर्षमात्रै प्रधानमन्त्री चलाउन पाउने छन् ।

यो पनि पढ्नुहोस्

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

ओलीको सरप्राइज : अर्काको सपथमा पुगेका लालबाबु आफैं….

देउवाले बिगारेको अर्थतन्त्रको साँचो ओलीका हातमा

प्रधानमन्त्री चयनसँगै सेयर बजारमा हरियाली, मनोवैज्ञानिक प्रभाव

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

शीतलनिवासमा देउवा र ओलीवीच लुकामारी !

प्रधानमन्त्री ओलीले भने – सम्पूर्ण इमानका साथ काम गर्छु

देउवाको चौथो कार्यकालः कांग्रेसलाई अबगाल !

मेरो जिम्मेवारी पुरा भयो, नयाँ सरकारलार्इ शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?