+
+
Shares

उपचारका क्रममा बिरामीको मृत्यु, अस्पतालमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते २१:०१

१४, फागुन, चितवन । भरतपुरस्थित भरतपुर सामुदायिक अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । ढाँडको अप्रेसन गरेका रत्ननगर नगरपालिका १५ का करीव ४५ वर्षीय सोमबहादुर तामाङको सोमबार दिउँसो निधन भएको हो ।

आफन्तले अस्पताल बाहिर प्रदर्शन गरेका छन् । अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ ।

मृतकका आफन्तहरुले अस्पतालको लार्पवाहीका कारणले ज्यान गएको भन्दै चिकित्सकलाई कारर्वाही हुनुपर्ने माग राखेका छन् । तर, अस्पतालका चिकित्सक डा. सुनिलमणि पोखरेलले बिरामीको ‘हर्ट एट्याक्ट’ भएर निधन भएको प्रारम्भिक जानकारी पाएको बताए ।

११ फागुनमा ढाँडको अप्रेसन गरेका तामाङ सोमबार दिउँसो २ बजेसम्म आफन्तहरुसँग कुराकानी गरिरहेका थिए । उनी अस्पतालको शौचालयमा लडेपछि हर्ट एट्याक्क भएको अस्पतालको दावी छ ।

तामाङको अप्रेशन हाडजोर्नी तथा नशारोग बिषेशज्ञ डा. कृष्णप्रसाद पौडेल लगायतको समूहले गरेको थियो । डा. पौडेलले सुगरका समेत रोगी रहेका तामाङको हर्ट एट्याक्क भएर मृत्यु भएको बताए । अस्पतालले ४ बजे तामाङको मृत्यु भएको जानकारी आफन्तलाई गराएको थियो ।

मृतकका आफन्त राजु वाइवाले अस्पतालले समयमा नै ख्याल नगर्दा बिरामीको मृत्यु भएको भन्दै कारर्वाही हुनुपर्ने माग गरे ।

अर्का आफन्त विश्वास खड्काले हर्ट एट्याक्क नै भएको पनि अस्पतालमा आएको बिरामी कसरी मर्छ भनि प्रश्न गरे । उनले भने ‘अस्पतालमा बाँच्न आउने हो मर्न आउने हैन ।’

पीडित पक्ष र अस्पताल प्रशासनवीच वार्ता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?