+
+
Shares

प्रधानमन्त्रीले भने–अबको ५ वर्ष विकासका दृष्टिले असाधारण हुनेछ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २४ गते १५:१३
फाइल फोटो

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ५ वर्ष नेपालको लागि असाधारण हुने बताएका छन् । अब आर्थिक सम्बृद्धिको युग शुरु भएको भन्दै ओलीले आउँदो ५ वर्ष विकासका सन्दर्भमा असाधारण हुने बताएका हुन् ।

उद्योग वाणिज्य महासंघद्वारा बिहीबार आयोजित एक कार्यक्रमा ओलीले भने, ‘आउँदो आधा दशक नेपालमा विकास,सफलता,परिवर्तन र उपलव्धीको समय हुनेछ र असाधारण काम हुनेछन् ।’

आफूले नेतृत्व गरिरहेको वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नरहेको भन्दै आएका ओलीले अब सरकारले गर्ने काम असाधारण हुने बताए ।

ओलीले भ्रष्टाचार, ढिलासुस्ति र बहानाबाजीहरुलाई कुनै हालतमा छुट नदिईने बताए । उनले भने, ‘सरकार अब सम्पूर्ण रुपमा उत्पादन बृद्धि, रोजगारी सिर्जना र देश बनाउने अभियानमा सामेल हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?