+
+
Shares

वीर अस्पतालको सर्जिकल भवनको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २५ गते ११:१८

२५ फागुन, काठमाडौं । वीर अस्पतालको सर्जिकल भवनको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका हुन् ।

कुल लागत २ अर्व २६ करोड रुपैयाँ लागतमा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले जनाएको छ ।

६५० बेड सहितको उक्त भवन सात तल्लाको हुनेछ, जसमा सबै किसिमका सर्जिकल कामहरु हुनेछ ।

भवन निर्माणमा लाग्ने सम्पूण खर्च नेपाल सरकारको लगानीमा रहने छ ।

वीर अस्पताल अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भूकम्पले क्षतिग्रस्त भएपछि त्यहाँ सर्जिकल भवन बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?