२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए । उनले सत्ता-प्रतिपक्ष नभिनेर मिलेर जाने भन्दै कांग्रेससँग पनि मत मागेका किा छन् ।
तर, कांग्रेसले प्रतिपक्षमा बस्ने बताएको छ । कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले मिलेर देश बनाउने प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भएको बताए ।
तर, प्रतिपक्षविहीन संसद हुन नसक्ने भन्दै उनले भने, ‘सरकारलाई गुण र दोषका अधारमा सहयोग गर्छौं ।’
प्रधानमन्त्री ओलीलाई मत दिन नसक्ने भन्दै उनले प्रधानमन्त्रीले सदनमा गरेको प्रतिवद्धता कति पुरा हुन्छ हेर्ने बताए । उनले भने, ‘१०० दिन हेर्छौं, प्रधानमन्त्रीले व्यक्त गरेका प्रतिवद्धता कति प्राप्त गर्नुहुन्छ हेर्छौ । वाच डकका रुपमा कांग्रेसले प्रमुख प्रतिपक्षमा रहन्छ ।’
प्रतिक्रिया 4