+
+

प्रधानमन्त्री ओलीलाई तीन चौथाइ सांसदको विश्वास मत

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते १८:४३

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ बढी सांसदको विश्वास मत पाएका छन् ।

माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत मागेका थिए । त्यसक्रममा उनले भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्दै सत्तापक्ष र प्रतिपक्ष नभनी मिलेर जान प्रस्ताव राखे ।

सम्बोधनका क्रममा अधिकांश दलले समर्थन गरेपनि कांग्रेसले प्रतिपक्षमा बस्ने धारणा राखेको थियो ।

लगतै भएको मतदानमा प्रधानमन्त्री ओलीले २०८ मत पाएका छन् । सत्तारुढ एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपासहित केही साना दलले मत दिएका छन् ।

प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएनन् ।

नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै थिएनन् ।

आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको हकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यो पनि पढ्नुस्

प्रधानमन्त्रीको बाचाः भ्रष्टाचार गर्दिन, हुन दिन्नँ

चुनावी बाचा सम्झाउँदै गगनले ओलीलाई भने– आजबाट दिनगन्ती सुरु भयो

कांग्रेसले रोज्यो प्रतिपक्ष, १०० दिन सरकारको काम हेर्छौः गच्छदार

राजपाले भन्यो-ओलीको बोलीमा विश्वास छ तर, सरकारमा जान्नौं

प्रधानमन्त्रीलाई प्रचण्डको आग्रहः भाषण होइन, एक्सनमा उत्रनुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?