+
+

प्रधानमन्त्री आफैंले विद्यार्थी भर्ना गराउने

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते २०:०३

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस बर्षको विद्यालय भर्ना अभियानमा आफूले एक जना बच्च्ाालाई विद्यालय भर्ना गर्ने बताएका छन् ।

प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा ओलीले आगामी वैशाख ५ गते विद्यालय जाने उमेरको बालक/बालिकालाई घरबाट आफैंले विद्यालयमा लगेर भर्ना गराउने बताए ।

निरक्षरतालाई दुई बर्ष भित्र उन्मुलन गर्ने नीति अन्तरगत यसपालीको विद्यालय भर्ना अभियानलाई ब्यापक बनाइने बताए । उनले भने, यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्य मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिले सबैले एक/एक जना बच्चा लगेर विद्यालयमा भर्ना गराउने छन् ।’

मधेसका मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेको भन्दै उनले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा सुनाए । ‘मैले निश्चित त गरिसकेको छैन तर, तराइको कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा छ’ प्रधानमन्त्री ओलीले भने । ।

यो अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभई विद्यालयको पढाइ पुरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पुर्‍याउनका लागि भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?