+
+
Shares

प्रधानमन्त्रीलाई खाँणको प्रश्नः दिल्ली फोन गरेर सपथ खाँदा राष्ट्रवादी भइन्छ ?

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ चैत १४ गते १८:१२

१४ चैत, बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले केपी ओली सरकार राष्ट्रघातको दिशामा अघि बढेको बताएका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीलेप्रधानमन्त्रीको सपथ खानु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्ली फोन गरेको भन्दै उनले भने, एमालेको राष्ट्रवाद छल· भयो ।’

उनले अघि भने, ‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाहुँदै कूटनीतिक मर्यादा विपरित मोदीलाई फोन गरेर भारतीय विदेशमन्त्री सुस्मा स्वराजलाई नेपाल बोलाएको दिनदेखि एमाले राष्ट्रवाद होइन, राष्ट्रघातको दिशामा अगाडि बढेको छ ।’

उनले सरकारमाथि संघीयतालाई उल्टो दिशामा हिँडाउन खोजेको आरोप पनि लगाए ।

नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीको छैठौ जिल्ला अधिवेशनको बुधबार बुटवलमा उद्घाटन गर्दै खाँडले आफू शक्तिशाली बन्न प्रधानमन्त्रीले शक्ति केन्द्रीकृत गर्नु शक्ति विकेन्द्रीकरणको सिद्धान्त विपरित भएको बताए ।

‘सरकारका प्रारम्भिक काम कारवाहीले संघीयतालाई उल्टो दिशामा लैजाने संकेत गरेको छ, सय दिन पुरा नगरिसकेकाले धेरै कमेन्ट नगरौं’ खांणले भने ।

अन्तर्राष्ट्रिय शक्तिहरुले निहित स्वार्थ पुरा गर्नका लागि काग्रेसलाई कमजोर बनाउने प्रयत्न गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?