+
+

त्रिभुवन विमानस्थलमा यसरी विदाइ गरियो प्रधानमन्त्रीलाई

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २३ गते ९:२४

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने औपचारिक भारत भ्रमणका लागि शुक्रबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा उनी ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् ।

काठमाडौंबाट प्रस्थान गरेको प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका, मन्त्रीहरु मातृका यादव, रघुबिर महासेठ, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, सांसदहरु, उद्योगी व्यवसायीहरु, कलाकारहरु लगायत छन् ।

अजरबैजानमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने उतैबाट नयाँदिल्ली जानेछन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, रक्षामन्त्री इश्वर पोखरेल लगायतले विदाइ गरेका थिए ।

सो क्रममा नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्रीको विदाइ

तस्वीरट: विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?