+
+

मोदीलाई भेटेपछि ओली उत्साहित, भने– असमझदारी बाँकी छैन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २४ गते ७:३७

२४ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धमा रहेका भ्रमहरु हटिसकेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार साँझ एक्लाएक्लै वार्ता गरेका ओली निकै उत्साहित देखिएका छन् ।

उनले शुक्रबार राति पत्रकारहरुसँग भने, ‘भारतसँगको असमझदारी हटिसकेको छ । अब कुनै असमझदारी बाँकी छैन ।’

ओली र मोदीबीच मोदी निवास लोककल्याणकारी मार्गमा शुक्रबार साँझ करिब डेढ घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । मोदीलाई भेटेपछि ओली नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले पनि ओलीलाई भेट्दा आनन्द लागेको बताएका छन् । ओलीलाई भेटेपछि मोदीले ट्विटरमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आनन्दित भएको छु ।’

ओलीले शनिबार दिनभर महत्वपूर्ण राजनीतिक भेटघाट र औपचारिक कार्यक्रममा भाग लिनेछन् । ओली र मोदीबीच साढे ११ बजे हैदरावादहाउसमा द्विपक्षीय औपचारिक भेटवार्ता हुनेछ तर कुनै नयाँ सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीले अनलाइनखबरलाई जानकारी दिए ।

राहुल गान्धीसँग भेटवार्ता

प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले शुक्रबार नै भेटवार्ता गरेका थिए । भेटमा नेपाल-भारत सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटमा भारतीय राष्ट्रिय कांग्रेसकोतर्फबाट अध्यक्ष गान्धीसहित पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतका नेताको सहभागिता थियो ।

नेपालको तर्फबाट प्रधानमन्त्री ओलीसहित ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?