+
+

साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १३ गते १३:३७

१३ वैशाख, काठमाडौं । तस्करीको साढे ३३ केजी सुन प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत छानबिन समितिको सम्पर्कमा आएका छन् ।

मंगलबार गृह मन्त्रालयमा बयान लिने क्रममा ‘फरार’ भएका डिएसपी राउत बुधबार साँझ समितिको सम्पर्कमा आएका हुन् ।

छानबिन समिति स्रोतका अनुसार उनलाई खोज्न ७७ वटै जिल्ला र प्रदेश प्रहरी कार्यालयमा आन्तरिक सर्कुलर जारी गरिएपछि उनी सम्पर्कमा आएका हुन् ।

मंगलबार राउतसहित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको समितिले बयान लिएको थियो । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् राउत भने बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै, उनी समितिबाट सम्पर्कबिहीन बने भए ।

आइतबार पूर्व डिआईजी गोविन्द निरौलालाई समितिले बयान लिएलगत्तै पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको थियो । सोही डरले राउत भागेको बताइन्छ ।

राउतको साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेती गोरेसँग राम्रो सम्बन्ध भएको बताइएको छ ।

गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए ।

घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।

यो पनि पढ्नुस् 

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?